Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्को मुलुकलाई गाली गर्ने होइन, आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन् । गएराति भट्टराईले ट्विटरमार्फत अन्य मुलुकलाई गाली गर्ने राष्ट्रभक्तिको कुनै महत्त्व नरहेको उल्लेख गरेका हुन् । हालै प्रतिनिधि सभाबाट पारित अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी ठीक कि बेठीक भन्ने बहस भइरहेका बेला भट्टराईले अब यसमा माथापच्ची गर्नुको साटो देशलाई तेस्रो विश्वबाट पहिलोमा पुर्याउने विमर्श थाल्नु उपयुक्त हुने बताएका छन् । उनले लेखेका छन्,'अब एमसीसीबारे माथापच्ची गर्नुसट्टा कसरी आन्तरिक र बाह्य पुॅजीरप्रविधि परिचालन गरेर दुई दशकसम्म दुई अंकको बृद्धिदर हासिल गर्ने र नेपाललाई तेश्रो विश्वबाट पहिलोमा पुर्याउने भन्ने विमर्श थाल्नु उपयुक्त हुनेछ । अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077