Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आइतबार एमसीसी सम्झौता अनुमोदन गरेर सकिएको बैठक आज पुनः बस्न लागेको हो ।

संसद सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजिनक गरिसकेको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबारै आजको बैठकको कार्यसूची सार्वजनिक गरेका हुन् । दशौं अधिवेशनको ९ औं बैठक दिउँसो १ बजे बस्ने सनले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077