Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार (भिडियो)

    युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार (भिडियो)

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले युद्ध अपराध भनेका छन्।

    सोमवार रुसले गरेको सन्दिग्ध क्लस्टर बम आक्रमणमा परी तीन बालबालिकासहित नौ गैरसैनिकको ज्यान गएको थियो।



    खार्किभको केन्द्रमा भएको पछिल्लो क्षेप्यास्त्र हमलाभन्दा अगाडि टिप्पणी गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरसैनिकहरूलाई जानाजान निसानामा पारिएको प्रत्यक्षदर्शीहरूले बताएको जनाएका थिए।



    ‘त्यो स्पष्ट रूपमा युद्ध अपराध हो। शान्त सहर, शान्त आवासीय क्षेत्र। कुनै सैन्य संरचना थिएन। दर्जनौँ प्रत्यक्षदर्शीहरूले दिएका विवरणले त्यसलाई गल्तीले गरिएको आक्रमण नभई जानीजानी गैरसैनिकलाई निसानामा पारिएको प्रमाणित गर्छ। रुसीहरूलाई उनीहरूले कहाँ आक्रमण गरिरहेका छन् भन्ने राम्रोसँग थाहा थियो, ‘ जेलेन्स्कीको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ।

    यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन्। यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने ‘यथोचित आधार’ रहेको आफूलाई विश्वास भएको बताएका थिए।

    यता, युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वाएरमा भएको एउटा विस्फोटनको भिडिओ ट्विटरमा प्रेषित गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ।

    उनले रुसलाई बाँकी विश्वबाट अलग्याउन आग्रह गरेका छन्। चेतावनीः यो भिडिओमा विचलित पार्ने खालका दृश्य छन्। बीबीसीले यसको आधिकारिकता पुष्टि गरेको छ तर स्रोत अज्ञात छ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार