Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • युक्रेन-रुस द्वन्द: युक्रेनको राजधानी किएभतर्फ अघि बढ्यो रुसी सेनाको फौज

    युक्रेन-रुस द्वन्द: युक्रेनको राजधानी किएभतर्फ अघि बढ्यो रुसी सेनाको फौज

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइटबाट प्राप्त तस्वीरहरुमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको छ ।

    यसअघि सोमबार रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो ।



    स्याटेलाइट तस्वीरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ, जुन युक्रेनको सीमाभन्दा करिब २० किलोमिटर मात्रै टाढा रहेको बीबीसीले जनाएको छ।



    राजधानी किएभको बाहिरी क्षेत्रमा रुसले हवाई हमला गरेको समाचार सार्वजनिक भएका छन् । हवाई हमलाको संकेत स्वरुप साइरन बजाइएको छ ।

    रुसले युक्रेनमा जमिन र हवाई दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट हालसम्म ३५० जनाको मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

    रुसी सेनाको आक्रमणबाट पूर्वी युक्रेनको ओख्तिर्का भन्ने स्थानमा ७० जना युक्रेनी सैनिकको मृत्यु भएको छ ।युक्रेनबाट ६ लाख बढी मानिसहरू विस्थापित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार