Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रुस र युक्रेनबीच वार्ता:

    रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ता, तत्काल युद्धविराम र सेना फिर्ताको माग

    रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ता, तत्काल युद्धविराम र सेना फिर्ताको माग

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा बेलारुसमा छलफल सुरु भएको छ।

    युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ।



    रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताए।शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए।



    उनले ईयूले तत्काल आफ्नो देशलाई सदस्यता देओस् भन्ने माग पनि गरेका थिए।

    युक्रेनलाई तत्काल ईयूको सदस्यता दिन जेलेन्स्कीको माग

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ ईयूलाई तत्काल आफ्नो देशलाई सदस्यता दिन आग्रह गरेका छन्।

    “हाम्रो लक्ष्य सबै युरोपेलीसँग सँगै हुनु हो। अनि अझ मत्त्वपूर्ण कुरा त समान अवसर हुने अवस्थामा हुनु हो। म ढुक्क छु यो उचित कुरा हो। म ढुक्क छु यो सम्भव छ,” उनले भने।

    एउटा भिडिओ सन्देशमा जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन पनि आग्रह गरेका छन्।

    “आफ्ना उपकरण परित्याग गर। यहाँबाट बाहिर जाऊ। आफ्ना नाइकेलाई विश्वास नगर। आफ्ना प्रचारकलाई विश्वास नगर,” उनले भने।

    जेलेन्स्कीले देशको प्रतिरक्षा गर्न कारागारमा रहेका कैदीहरूलाई पनि मुक्त गरिनेछ।

    “हामीले नैतिक रूपमा अलि कठिन एउटा निर्णय गरेका छौँ। तर आफ्नो प्रतिरक्षा गर्ने दृष्टिकोणबाट यो उपयोगी छ,” उनले भने। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार