Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एमसीसीबारे चीन तेस्रो पटक बोल्यो- ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौँ’

    एमसीसीबारे चीन तेस्रो पटक बोल्यो- ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौँ’

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । नेपालका लागि अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे बोल्दै आएको छिमेकी मुलुक चीनले आज फेरि तेस्रो पटक आफ्नो मुख खोलेको छ ।

    यसअघि एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई धम्की दिएको दाबी गर्दै चीनले त्यसको प्रतिरोध गर्ने बताएको थियो भने दोस्रो पटक उपहार कहिलेदेखि अल्टिमेटम र सर्तसहित आउन लाग्यो भन्दै प्रश्न गरेको थियो।



    तर, हिजो आइतबार नेपालको संसद्‍बाट एमसीसी सम्झौता पारित भएपछि पनि आफ्नो मुख खोल्दै चीनले एमसीसीमा भनिएको व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ।



    आज सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।

    पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए।

    आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै ‘व्याख्यात्मक घोषणा पत्र’ सार्वजनिक गरेको थियो । एमसीसी पारित भएपछि चीनले पहिलो पटक आफ्नो मुख खोलेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार