Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन

    रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।  रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित प्रदर्शन गरिएको छ ।

    मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा आज बौद्धमा प्रदर्शन गरिएको हो । बौद्धनाथ चैत्यअघि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए । हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरिएको छ ।



    प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहामगर, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा, किरण ढकाल र उमा गौतम र पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुङ्गेल उपस्थिती थियो ।



    त्यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मनोज ढुङ्गानालगायत शान्तिवादी अभियानकर्मीको सहभागिता रहेको शाखाका कार्यवाहक सभापति भगवान् पुडासैनीले  जानकारी दिए।

    रुसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै समाजको मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा पनि प्रदर्शन गरिएको थियो । गत दुई सातामा युद्ध निषेध शान्ति विशेष अभियानअन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको जनाइएको छ ।- रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार