Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफ्नै सल्लाहमा प्रधानमन्त्री देउवा बालकोट गएको प्रचण्डको दावी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'ले आफ्नै सल्लाहमा प्रधानमन्न्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट गएको बताएका छन् ।

सोमबार खुमलटारस्थित आफ्नै निजी निवासमा अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । केही दिनअघि एमसीसी सम्झौता पारितका लागि बहस भइरहँदा प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।

पछिल्लो समय एमसीसीका कारण समाज नै विभाजित हुने गरी विवाद सृजना भएकाले राष्ट्रिय सहमति कायम गरेर अनुमोदन गरेको प्रचण्डको भनाइ छ।

सतही, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताए ।

केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी अनुमोदन गरिएको प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077