Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गठबन्धन र सरकार टिकाइराख्न एमसीसी अनुमोदन गरियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताएका छन् ।

सोमबार खुमलटारस्थित आफ्नै निजी निवासमा अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताएका हुन् ।

‘अस्तिसम्म यो गठबन्धन रहला या नरहला र वर्तमान सरकार पनि रहला कि नरहला भन्ने थियो,’ प्रचण्डले भने, ‘संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि गठबन्धन र सरकार टिकिरहने निश्चित भएको छ ।’

एमसीसी सम्झौता अनुमोदनसँगै आगामी निर्वाचन पनि सुनिश्चित गरेको दाबी गर्दै प्रचण्डले एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको बताए ।

यस्तै, अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता सुरुमै विवादित नभएको र त्यसलाई तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणले विवादित बनाएको बताए।

'एमसीसी सुरुमै विवादित थिएन, २५ बर्षपछि पहिलो नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जी अमेरिका जानु भो, त्यसपछि एमसीसीबारे विवाद सिर्जना भयो', सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077