Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीबारे गगनले भने- अमेरिकासँग ६० लिऔं, चीनसँग ७० मागौं र भारतलाई भनौं हामीलाई ८० देऊ भनेर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको हितमा रहेको दावी गरेका छन्।

सांसदले भारतसँग बिप्पा, चीनसँगको बिआरआई सम्झौतालाई उदाहरण दिंदै एमसीसी पनि सोही अनुरुप भएको दाबी गरे।

पूर्वमन्त्री समेत रहेका थापाले एमसीसीमा सम्पूर्ण राजनीतिक दह्ल्हारुको संलग्नता रहेको भन्दै अहिले आएर पन्छिन नमिल्ने बताए।

'हामी अमेरिकासँग ६० अर्ब लिगौं, चीनसँग ७० मागौं र भारतसँग गएर भनौं, अमेरिका र चीनले यति दिए हामीलाई ८० देऊ भनेर थापाले भने।'

एमसीसीबारे थप प्रस्ट पार्दै थापाले अघि भने, 'एमसीसीबारे नेताहरुले भन्नु भएको आरोप सबै झुट हो, आफैँले आफैलाई झुट नबोलौं, एमसीसीलाई राष्ट्रघाती भनेर देखाउँदा आफूलाई पनि औंला ठडिन्छ,' थापाले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077