Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खोक्रो राष्ट्रवादकाे नारा जपेर विकास सम्भव छैन: बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले एमसीसी सम्झौताको भाषा केही घोच्ने खालका रहेको भए पनि नेपालकै हितमा रहेको दावी गरेका छन्।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले खाेक्राे राष्ट्रवादकाे नारा जपेर विकास सम्भव नहुने बताए।

सत्य बोल्ल्न डराउन नहुने भन्दै भट्टराईले भने, ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हो । मेरो प्रधानमन्त्रीकालमा पनि अघि बढाइएको हो । तर, त्यतिखेर कानमा तेल हालेर बसेर अहिले विरोध गर्ने ? राजनीतिबाट सन्न्यास लिए हुन्छ । नेपालको लागि योग्य रहेका जानकारी आएपछि अघि सम्झौता प्रक्रिया अघि बढाइएको हो ।’

सम्झौताको भाषा केही घोच्ने खालका रहेको भन्दै उनले एमसीसीमा अन्तर्राष्ट्रिय भाषा प्रयोग भएको बताए । एमसीसी नेपालको हितमा रहेकाले अनुमोदन गर्नुपर्नेमा भट्टराईको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077