नवलपुर। अभिनेता पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी पनि दर्ता भएको छ।
आइतबार इलाका प्रहरी कार्यालय नवलपुरमा अभिनेता शाहविरुद्ध अर्को जाहेरी दर्ता भएको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ परिसकेका शाहविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् ।
२०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा शाहले बालिकामाथि बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ ।
Leave a Reply