Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रहरीसामु पल शाहले माफी मागे

    प्रहरीसामु पल शाहले माफी मागे

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाहले माफी मागेका छन्।

    बाल गायिका समीक्षा अधिकारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका अभिनेता शाहले सामाजिक सञ्जालमार्फत् प्रहरीसामु माफी मागेका हुन्।



    यस्तै, उनले आज (आइतबार)आफैँ प्रहरीसामु उपस्थिति (आत्मसमर्पण) हुने जानकारी समेत दिएका छन्।



    बुधबार, ११ फाल्गुनमा गायिका अधिकारीले आफुलाई पलले फकाएर’ जबरजस्ती करणी गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् ।

    फरार रहेका शाहले सामाजिक संजालमा लेखेका छन्, ‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्यस्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर-व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार