काठमाडौँ । प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाहले आज (आइतबार)आफैँ प्रहरीसामु उपस्थिति (आत्मसमर्पण) हुने जानकारी दिएका छन्।
बाल गायिका समीक्षा अधिकारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका अभिनेता शाहले सामाजिक सञ्जालमार्फत् आइतबार आफैँ उपस्थिति हुने जानकारी दिएका हुन्।
बुधबार, ११ फाल्गुनमा गायिका अधिकारीले आफुलाई पलले फकाएर’ जबरजस्ती करणी गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् ।
उजुरीपछि फरार रहेका शाहले सामाजिक संजालमा लेखेका छन्, ‘ नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरिसामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।’
यसैगरी शाहले अघि लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्यस्थिति बिग्रिएको, घरको सबै घर व्यवहार मिलाउनु परेको र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आउने भएका कारण फिल्मलाई असर नपरोस भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।’
Leave a Reply