Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।

प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ ।

यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077