Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड र माधव भेडाको खोल ओढ्ने ब्वाँसाहरू हुन्: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्वाँसा’को संज्ञा दिएका छन् । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा प्रचण्ड र नेपालले दोहोरो भूमिका निर्वाह गरेको भन्दै भट्टराईले यस्तो कटाक्ष गरेका हुन् । ‘कुनैपनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंच/निष्ठाको धर्म निर्वाह गर्छन्,’ भट्टराईले आइतबार विहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तर आफ्नो निजी/दलीय/गुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’ यद्यपि भर्खरै सम्पन्न माओवादी केन्द्रको बैठकले गठबन्धन जोगाउनकै लागि भए पनि एमसीसी संसदबाटै अनुमोदन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077