Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी पारित गर्ने सरकारको तयारी : उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल गर्न बैठक बस्न लागेको हो ।

शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

सोही विषयलाई मध्यनजर गर्दै संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् ।

एमसीसीको विषयलाई लिएर यो सडक खण्डमा लगातारजसो आन्दोलन भइरहेको छ । आन्दोलनलाई नियन्त्रणमा लिन काठमाण्डौ उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ ।

सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाडौंमा झिकाएर खटाएको छ । सरकारले आज एमसीसी संसदबाट पारित गर्ने गृहकार्य थालेको छ । संसद् बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077