Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • आजको मौसम : मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

    आजको मौसम : मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश सामान्य बदली रहेको छ ।

    त्यसैगरी, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।



    बाँकी भू–भागहरुमा आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    दशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार