काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल गर्न बैठक बस्न लागेको हो ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।
गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् ।
यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । सभामुख अग्नि सापकोटाले समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाएका छन् ।
Leave a Reply