Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव राष्ट्रपति जेलेन्स्कीद्धारा अस्वीकार (भिडिओसहित)

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छोड्न वाशिङ्टनले गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् । राजधानी कीएभबाट आफैँले खिचेको भिडिओ सार्वजनिक गर्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेन छोडेर कतै नजाने र आफ्नो सेनालाई पनि आत्मसमर्पण नगर्न आदेश दिएका हुन् । जेलेन्स्कीले भिडिओमा बोल्दै अफवाहमा ध्यान नदिन समेत नागरिकहरूलाई अपिल गरेका छन् । यसअघि पनि जेलेन्स्कीले राजधानी किएभबाट भिडिओ सन्देशमार्फत कीएभमै बस्ने भनेका थिए । उनले युक्रेनी नेतृत्व र संसद कीएभमा रहने घोषणा गरेका छन् । अर्कोतर्फ भने युक्रेनको राजधानी किएभमा रुसको आक्रमण रोकिएको छैन । रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहेका उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077