Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड मूल्य बराबरको अवैध सुनसहित दुईजना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड मूल्य बराबरको अवैध सुनसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड मूल्य बराबरको अवैध सुनसहित एकजना पक्राउ परेका छन् । दुवईबाट नेपाल फर्किएका सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका-१६ लविपुरका ३४ बर्षीय कमल घिमिरे ११ सय ६५ ग्राम अवैध सुनसहित पक्राउ परेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनले लगाएको ज्याकेट र पाईन्टको विभिन्न गोजिहरुमा कालो रंगको थैली भित्र राखिएको सुनको सिक्री १० थान प्रहरीले बरामद गरेको हो । बरामद गरिएको ११ सय ६५ ग्राम अवैध सुन करिब ९८ लाख ८७ हजार ९३७ रुपैंया बराबरको रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।



    सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हो । प्रारम्भिक अनुसन्धान अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईको पनि भन्सार छली गर्ने कार्यमा संलग्नता रहेको देखिएको छ ।



    बरामद सुनको सिक्री सहित दुवै जनालाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार