काठमाडौं । युक्रेनले रसियाका तीन हजार ५ सय बढी सैनिकको मृत्यु भएको दाबी गरेको छ। युक्रेनका सेनाले रुसी सेनातर्फ भएको क्षतिबारे विवरण प्रकाशित गर्दै यस्तो उल्लेख गरेको छ।
युक्रेनका सेनाले दाबी गर्दै भनेको छ–‘अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३ हजार ५ सयभन्दा बढी रुसिया सैनिकको मृत्यु भएको छ भने करिब २०० जनालाई बन्दी बनाइएको छ ।’
युक्रेनले रूसको १४ वटा विमान र १०२ वटा ट्यांकसमेत कब्जामा लिएको जनाएको छ। एजेन्सीको सहयोगमा
Leave a Reply