Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राइफल लिएर सडकमा उत्रिएका युक्रेनका पूर्व राष्ट्रपतिले भने–पुटिनले कहिल्यै युक्रेन कब्जा गर्न सक्दैनन् (भिडियाे सहित)

    राइफल लिएर सडकमा उत्रिएका युक्रेनका पूर्व राष्ट्रपतिले भने–पुटिनले कहिल्यै युक्रेन कब्जा गर्न सक्दैनन् (भिडियाे सहित)

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । आफ्नो देशमाथि संकट आइलागेपछि पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को रूसविरुद्ध लड्नका लागि एके ४७ राइफल बोकेर सडकमा उत्रिएका छन्।

    रुसले आक्रमण गरेयता युक्रेनको जनजीवन नराम्ररी प्रभावित भएको छ। मृत्युको डर र आर्थिक संकट सामना गरिरहेका युक्रेनी जनतालाई पूर्व राष्ट्रपति पोरोसेन्कोले राम्रो सन्देश दिएका छन् ।



    यही समय पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को एके ४७ राइफल बोकेर सडकमा रुसी आक्रमणको प्रतिरोधमा उत्रिएका छन्। २०१९ सम्म युक्रेनको राष्ट्रपति रहेका पोरोसेन्को सेनाको एउटा बटालियन नै लिएर युद्धमा उत्रिएका हुन्।



    उनले रुसको विध्वंशकारी आक्रमणको सामना गर्नका लागि बन्दुक बोकेर आएको बताए। किभको सडकमा भेटिएका पोरोसेन्कोसँग सीएनएनले गरेको अन्तर्वार्ता शुक्रबार प्रशारणमा आएको हो।

    उनले भनेका छन्–‘सबैले बुझ्नुपर्छ, पुटिनले युक्रेनमा युद्ध छेडेका होइनन्। उनले पूरा विश्वमा युद्ध छेडेका हुन्। अहिले हामीलाई प्रत्येक व्यक्तिविरुद्ध युद्ध छेडेका हुन् ।’

    राष्ट्रपति पेरोसेन्कोले धेरैजसो युक्रेनी जनताले रुसी राष्ट्रपति पुटिनलाई घृणा गर्ने बताए। उनले लड्नका लागि हरेक युक्रेनी तयार भएपनि हतियारको अभाव रहेको बताए।

    कतिन्जेलसम्म रुससँग लड्नुहुन्छ भन्ने प्रश्नको जवाफमा पोरोसेन्कोले ‘सधैंभरि’ भन्दै सटकट उत्तर दिएका छन् । उनले भनेका छन्–‘पुटिनले कहिल्यै युक्रेन कब्जा गर्न सक्दैनन्। उनीसँग जतिसुकै मिसाइल होस्, जतिसुकै हतियार होस। हामी युक्रेनीहरू ठूलो युरोपेली भविष्य भएका स्वतन्त्र व्यक्ति हौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार