Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीबारे जसपाको ‘निर्णायक बैठक’ आज बस्दै

काठमाडौं । शुक्रबारदेखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा एमसीसीका विषयमा छलफल गरेर निर्णय लिइने भएको हो ।

बैठकको आजको मूल एजेन्डा नै एमसीसी रहेकाले सो विषयमा ठोस निर्णय लिइने बताएको छ । शुक्रबारदेखि ललितपुरमा जारी बैठकमा कार्यकारिणी सदस्यहरूलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छन्। अध्यक्ष उपेन्द्र यादव भने एमसीसीका विषयमा मौन देखिएका छन् । आन्तरिक विवादमा रहेको जसपाको कार्यकारिणी बैठक तीन महिनापछि शुक्रबार बसेको हो ।

शुक्रबारको बैटकमा फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको थियो । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077