काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीले देशका चार वटा प्रदेशमा हल्का वर्षा गराउने सम्भावना छ ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरु तीन वटा वाग्मती, मधेस प्रदेश र प्रदेश-१ मा भने सामान्यतया मौसम सफा रहनेछ । अहिले काठमाण्डौ उपत्यकासहित देशभर घाम लागेको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज राति हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलिदेखि केही दिन कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहने अनुमान छ ।
Leave a Reply