Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपाल–भारत नवौँ ऊर्जा बैठक: नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीयको ठहर

    नेपाल–भारत नवौँ ऊर्जा बैठक: नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीयको ठहर

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाल र भारत ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त संचालक समिति तथा संयुक्त कार्यदलको ९औं बैठक सकिएको छ । बैठकले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलार् सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने सहमति समेत गरेको छ ।

    यही फाल्गुन ११ र १२ गते काठमाडौंमा आयोजना गरिएको बैठकमा भारत सरकार ऊर्जा मन्त्रालयका सचिव आलोक कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सह–अध्यक्षता रहेको थियो।



    समितिको बैठक सुरु हुनुअघि भारत सरकार ऊर्जा मन्त्रालयका सचिव कुमारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरेका थिए।



    दुई दिनसम्म चलेको बैठकमा दुवै पक्षले भारत नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको बताए । साथै, नेपालमा विद्युत उत्पादन परियोजनाहरुको संयुक्त विकास, सीमापार विद्युत प्रसारण पूर्वाधारको संयुक्त विकास, सम्बन्धित घरेलु नियम र नीतिगत ढाँचा अन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोगमार्फत ऊर्जा क्षेत्रमा सफलता हासिल गर्न सहमति जनाए ।

    यस्तै, नेपाली पक्षले काठमाडौंमा गरेको न्यानो स्वागत तथा आतिथ्यका लागि आभार प्रकट गर्दै भारतीय पक्षले नेपाली पक्षलाई विशाल नवीकरणीय उर्जा क्षमताको स्थापना,’राष्ट्र, एक ग्रीड, एक बजार’ योजनाका उपलब्धिहरु लगायत पछिल्लो क्रममा भारतको उर्जा क्षेत्रमा भएका विकासबारे जनाकारी गराएको थियो।

    त्यसैगरी नेपाली पक्षले पनि भारतीय पक्षलाई उर्जाको क्षेत्रमा भएका विकास, विद्युत उत्पादन र प्रशारणको भविष्य र नेपालमा विद्युत मागको परिदृश्यकाबारे जानकारी गराएको थियो।

    उर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रशस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढिकरण गरेको भारतीय पक्षको ठहर छ । भण्डारण परियोजनामा विशेष जोड दिदै नेपालमा विकास गर्न सकिने किसिमका जलविद्युत परियोजना निर्माणका लागि संयुक्त जल विकास समितिको

    दुई पक्षबीच उर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्को बैठक भारतीय पक्षले आयोजना गर्नेगरी सहमति भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार