Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पार्टीका नेतालाई खुमलटारमा बोलाएर प्रचण्डले सोधे- सरकारमा बस्ने कि नबस्ने ?

काठमाडौँ । एमसीसीका कारण सत्तारुढ गठबन्धनमा विवाद बढ्दै जाँदा सरकारमा बस्ने नबस्नेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका सदस्यहरुसँग छलफल गरेका छन्।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार शुक्रबार प्रचण्डले खुमलटारस्थित निवासमा पूर्वस्थायी कमिटी सदस्यलाई बोलाएर सरकारमा बस्ने नबस्नेबारे छलफल गरेका हुन् ।

एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरिसकेको छ । एमसीसीकै बारेमा प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीवार छलफल गरेका थिए। यद्यपि उक्त छलफलले कुनै निकास भने दिन सकेको थिएन।

छलफलमा अध्यक्ष  'प्रचण्ड'सहितका माओवादीका नेता सहभागी छन् । माओवादी केन्द्र सरकारमा पनि बस्ने र एमसीसीको विपक्षमा पनि उभिने भन्दै पछिल्लो समय निकै आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077