Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालले भने-'एमसीसीका कारण देशमा राजनीतिक संकट बढ्यो'

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट पर्नसक्ने बताएका छन् ।

युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी नेपालको हित विपरीत भएको बताएका हुन् ।

उनले यथास्थितिमा एमसीसीलाई कुनै पनि हालतमा पारित गर्न नसकिने बताए । एमसीसी परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना बनोस् भन्ने आफूहरुको प्रष्ट धारणा रहेको उनको भनाइ छ ।

सरकारले एमसीसी पारित गरे सरकारबाट आफूहरु बाहिरिने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077