Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दावी, मार्शल लको घोषणा

    युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दावी, मार्शल लको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ।

    ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।



    आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् । गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ।



    कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार