Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज राष्ट्रिय नाचघरमा राखिने

    गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज राष्ट्रिय नाचघरमा राखिने

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । बुधबार मृत्यु भएका गायक तथा कलाकार जयनन्द लामाको शव आज राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।

    कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि बिहान १० बजे उनको शवलाई राष्ट्रिय नाचघरमा राख्न लागिएको हो ।



    लामाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन्।



    सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका ६६ वर्षीय लामा भक्तपुरस्थित कौशलटारमा बस्दै आएका थिए ।

    बुधबार बिहान लामा आफ्नै घर अगाडि मृत फेला परेका थिए । लामाले गाएका ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘मुलाको चाना’, ‘सलल पानी’ लगायतका गीत लोकप्रिय छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार