Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युबा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि कोलम्बियाका राजदूत मारिना पचेको मोन्टे, क्युवाका अलेजन्द्रो सिमानकास मरिन र कजाखस्थानका नुरलान झलगास्बयाभले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।



    सो अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार