Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • शनिबार परराष्ट्रमन्त्री खड्का स्वीजरल्याण्ड जाने

    शनिबार परराष्ट्रमन्त्री खड्का स्वीजरल्याण्ड जाने

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४७ औँ सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वीजरल्याण्डको जेनेभा जाने भएका छन् । उनी आगामी शनिबार जेनेभा जाने भएका हुन् ।

    खड्काले आगामी मंगलबार मानवअधिकार परिषद्को ४७ औं सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।



    सम्बोधनमा मन्त्री खड्काले लोकतन्त्र, मानवअधिकार र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी सन्धि सम्झौताप्रति नेपालको प्रतिबद्धता जनाउने छन् ।



    उनले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया पुरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार