Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । लैनचौरस्थित सभामुख निवासमा प्रचण्ड र सभामुखबीच भेटवार्ता भएको हो ।

भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीको थप प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेका बेला प्रचण्डले सभामुखसँग भेटवार्ता गरेका हुन् ।

सभामुखसँष प्रचण्डले छलफल गरिरहेका बेला माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठ पनि पुगेका थिए । अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाबीचको छलफललाई महत्त्वकासाथ हेरिरहेको छ ।

भोली बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भइ सकेको छ । सम्भावित कार्यसूचीमा एमसीसी छलफल गर्ने विषय समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077