काठमाडौँ । कलाकार जयनन्द लामाको शव श्रद्धाञ्जली अर्पणका लागि भोलि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ।
कलाकार दिपाश्री निरौलाले फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्न लामाको शवलाई राष्ट्रिय नाचघर जमल राखिने जानकारी दिएकी हुन्।
भोलि बिहान १० बजेदेखि श्रद्धाञ्जली दिइने उनले बताएकी छन् । निरौलाले गायक लामाको निधनप्रति शोक समेत व्यक्त गरेकी छन्।
यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।
Leave a Reply