काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा मतदान गर्ने भएको छ ।
बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीका पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिइन् ।
सांसद चौधरीका अनुसार एमसीसी सरकारले गरेको सम्झौता भएको र यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकाले पक्षमा उभिने निर्णय गरिएको हो।
यस्तै, बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशन समेत दिइएको चौधरीको भनाइ छ ।
प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।
Leave a Reply