Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीको पक्षमा बोल्दै आएका गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा बढाइयो

काठमाडौं । सरकारले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा वकालत गर्ने नेपाली कांग्रेसका तीन जना नेताहरूको सुरक्षा बढाएको छ ।

गृह मन्त्रालयले कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाएको हो ।

पछिल्लो समय थापा, कार्की र महतले  एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले उनीहरुमाथि जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।

एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077