Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमसीसीको डँढेलो लगाएपछि निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई

    एमसीसीको डँढेलो लगाएपछि निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको टिप्पणी गरेका छन् ।

    गएराति एक ट्वीट गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    संसदमा टेबुल भएको एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव समेत गरेका छन् ।



    उनले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने समेत उनले औँल्याएका छन् ।

    उनले लेखेका छन्, एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयॉ समीकरण बन्नुपर्यो ! अर्को बाटो छैन !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार