Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न बाइडेन र पुटिन सहमत

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

ह्वाइट हाउसले दिएको जानकारी अनुसार फ्रान्सले राखेको शिखर सम्मेलनको प्रस्तावमा दुई नेता सहमत भएका हुन् । रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला यस क्षेत्रको समग्र शान्ति व्यवस्थाबारे शिखर सम्मेलनमा छलफल हुने भएको छ।

अमेरिकी गुप्तचर निकायहरुले रुस युक्रेनमाथि आक्रमणको अन्तिम तयारीमा रहेको निष्कर्ष निकालिरहेका बेला शिखर सम्मेलनका लागि दुवै नेता सहमत भएका हुन् । फ्रान्सेली राष्ट्रपति एम्यानुएल म्याक्रो र पुटिनबीच दुई पटक गरेर तीन घण्टा फोनवार्ता भएको छ ।

रुसी राष्ट्रपतिसँग कुरा गरेपछि म्याक्रोले अमेरिकी राष्ट्रपति बाइडेनसँग फोन वार्ता गरेका थिए । युक्रेनमा हुन सक्ने ठूलो द्वन्द्वबाट बच्न सम्भवतः अन्तिम र अत्यावश्यक प्रयासको रूपमा आज संवाद भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077