Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड र ओलीलाई विश्वप्रकाशको प्रश्न- एमसीसीको कुन बुँदामा अमेरिकी सेना आउने उल्लेख छ ?

झापा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी ओलीलाई एमसीसीको कुन बुँदामा अमेरिकी सेना नेपाल आउने उल्लेख छ ? भन्दै प्रश्न गरेका छन्।

आइतबार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित सी.के. चिन्तन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमसीसी राष्ट्रघाती हो भनेर विरोध गर्नु मुलुकको लागि दुर्भाग्य भएको भन्दै एमसीसी पारित नगर्ने हो भने त्यसको उत्तर दिनुपर्ने बताए।

शर्माले २०५१को अरुण तेस्रो आयोजनाको उदाहरण दिँदै एमसीसीको विरोध गरेर मुलुकलाई विकास हुनबाट रोक्ने पुरानै फण्डा भएको बताए।

विसं २०५१ मा कांग्रेसले अरुण तेस्रो आयोजनाको प्रस्ताव ल्याएको थियो। तर त्यसबखत एमालेलगायतले विदेशीको लगानीमा अरुण तेस्रो बनाउनु हुँदैन भएंरा बिरोध गरेका थिए ।

तर, २०७५ सालमा केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर भारतीय एक कम्पनीको लगानीमा अरुण तेस्रो बनाउने काम सुरु गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077