काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन दलको बैठकबाट बाहिरिएका छन्।
बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक स्थलबाट बाहिरिएका हुन् । यद्यपि दुवै पार्टीका अध्यक्ष बैठकबाट किन बाहिरिए भन्नेबारे सार्वजनिक भइसकेको छैन।
बैठकमा पछिल्लो समय निकै पेचिलो बन्दै गइरहेको एमसीसी सम्झौताका बिषयमा सहमति हुन नसकेपछि उनीहरु बाहिरिएको स्रोतको भनाइ छ।
आज बस्ने संसद् बैठकअघि एमसीसीमा सहमति गर्ने भनिएको थियो। तर गठबन्धनको बैठकले उक्त सहमति जुटाउन सकिरहेको छैन।
गठबन्धनको बैठक सकिएलगत्तै प्रतिनिधिसभा कार्यब्यबस्था परामर्श समितिको बैठक बस्ने कार्यातालिका रहेको छ।
Leave a Reply