काठमाडौं । देशको मौसममा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ ।
दिउँसो पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बद्ली भइ सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् बताएका छन् । अहिले देशको पहाडी भूभागमा आंशिक बद्लीको साथै तराईमा हुस्सु र कुहिरो लागेको छ ।
मौसमी प्रणालीको आंशिक प्रभाव रहेको र आउँदो तीन दिनसम्म बद्ली, वर्षा र हिमपात गराउने महाशाखाले जनाएको छ ।मौसम बद्लीका कारण बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
Leave a Reply