Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अन्तिम मिनेटमा पाएको पेनाल्टीले जितायो मछिन्द्रलाई, कप्तान श्रेष्ठले श्रीमती र जन्मिदै गरेको सन्तानलाई यसरी समर्पित गरे गोल

    अन्तिम मिनेटमा पाएको पेनाल्टीले जितायो मछिन्द्रलाई, कप्तान श्रेष्ठले श्रीमती र जन्मिदै गरेको सन्तानलाई यसरी समर्पित गरे गोल

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई गोलमा बदल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।

    कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गरेपछि लिगको १२औं चरणअन्तर्गत आज लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबले १–० ले पराजित गरेको हो ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुजलको उक्त पेनाल्टी गोल नै मछिन्द्रको जितमा निर्णायक बन्यो । केही समय अघि मात्रै मैदान प्रवेश गरेका थ्री स्टारका जिवन गुरुङले अभिषेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि मछिन्द्रले इन्जुरी समयमा पेनाल्टी पाएको थियो । जसमा सुजलले कुनै गल्ती गरेनन् ।



    पेनाल्टीमा गोल गरेपछि अबको केही दिनमा नै बुबा बन्न लागेका कप्तान श्रेष्ठले बल टिसर्टभित्र हाल्दै अम्लो चुसेर उक्त गोल श्रीमती र भावी सन्तानको लागि सुम्पेका थिए ।

    मछिन्द्रले १० खेलाडीमा समेटिएको थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराएको हो । अविशेकलाई फउल गरेपछि पहेलो कार्ड पाएका जीवनले रेफ्रीसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाईएको थियो ।

    त्यसबाहेक दुबै टोलीले अन्य गोलको अवसर गुमाएका थिए ।

    खेलको तेस्रो मिनेटमा हेमन्त थापा मगरको कर्नरमा थ्री स्टारका सिम मार्टोंनको फ्रि–हेडर पोस्टमाथिबाट गएको थियो । खेलको १९ औं मिनेटमा थ्री स्टारका हेमन्तको उत्कृष्ट प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुश्किलले बचाए ।

    खेलको २३ औं मिनेटमा मछिन्द्र सुरुआती अग्रता बनाउन चुक्यो । मछिन्द्रका अविशेक रिजालले प्रहार गरेको बल थ्री स्टारका गोलकिपर प्रिसोले रोक्न खोज्दा टाङमुनिबाट छिरेर गएको बल थ्री स्टारका डिफेन्डर निशान खड्काले गोललाईनबाट क्लियर गरेका थिए ।

    ४८ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट थ्री स्टारका हेमन्तको फ्रिकिक क्रसबारको थोरै माथिबाट बाहिरिएको थियो । खेलको ५१ औं मिनेटमा थ्री स्टारका घानिफो क्रोमाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

    ६९ औं मिनेटमा मछिन्द्रका अविशेक गुरुङले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

    यस जितसँगै शीर्ष स्थानको मछिन्द्रले १२ खेलमा ३२ अंक जोडेको छ । थ्री स्टारले १२ खेल १८ अंक जोडेको छ । थ्री स्टार चौंथो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार