Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • श्रीमान‍्को हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ

    श्रीमान‍्को हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । दाङमा प्रहरीले श्रीमान‍्को हत्या गरेको आरोपमा श्रीमती र प्रेमीलाई पक्राउ गरेको छ ।

    जिल्लाको राप्ती गाउँपालिका-३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका-३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको हो ।



    चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।



    खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका(२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।

    घटना शङ्कास्पद रहेको भन्दै प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भन्दै श्रीमान‍्ले बेइज्जत गरेकाले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार