काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ ।
ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ ।
हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ ।
आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्ष स्थानमा छ ।
Leave a Reply