Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • पूर्वराजा शाह भन्छन्-‘जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन’

    पूर्वराजा शाह भन्छन्-‘जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन’

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् ।

    ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् ।



    ‘प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन,’ उनले भने ।



    ‘प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुयाएको र जनतालाई निराशाको दहमा डुबाउदै लगेको महशुस हुदै आएको छ,’ उनले भने,’यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समिक्षा गर्न अब हामी सबै नेपाली तयार हुनु पर्दछ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार