Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एमसीसी सकस:

    अमेरिकाले नेपाललाई धम्की दिएको दाबी गर्दै चीनले भन्यो- हामी प्रतिरोध गर्छौ

    अमेरिकाले नेपाललाई धम्की दिएको दाबी गर्दै चीनले भन्यो- हामी प्रतिरोध गर्छौ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । चीनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपाललाई धम्की दिएको भन्दै त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ।

    शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको हो ।



    ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ।’चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनको भनाइ उधृत गर्दै चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ।



    पत्रकार सम्मेलनमा एकजना पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो।

    हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण आन्दोलन पनि चर्किरहेको छ। नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने  चीनको भनाइ छ।

    यस्तै, सम्बोधनका क्रममा परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार