Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले एमसीसी र गठबन्धनमध्ये एउटा रोज्नुपर्छ : शशांक कोइराला

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री शेर बहादुर देउवासामु गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले एमसीसी पास गर्दा सत्ता गठबन्धन टुट्न सक्ने भन्दै प्रधानमन्त्री देउवाले एमसीसी र गठबन्धनमा एक रोज्नु पर्ने बताए।

‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ कोइरालाले अघि भने, ‘एमसीसी पास गरौं भने सत्ता गठबन्धन टुट्ने सम्भावना देख्छु, गठबन्धन राख्ने हो भने एमसीसी छोड्नुपर्‍यो । दुईमध्ये एक हुनसक्छ ।’




आफ्नो सल्लाह एमसीसी पास गरौं भन्ने रहेको कोइरलाको भनाइ छ।

यस्तै, कांग्रेस महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण गठबन्धन भत्किन सक्ने बताए ।




प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077