Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डकै कारण गठबन्धन भत्किन सक्छ: गगन थापा

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै कारण गठबन्धन भत्किन सक्ने बताएका छन्।

शुक्रबार दिउँसो संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा अग्र्दै महामन्त्री थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने बताएका छन् । एमसीसीमा माओवादी अध्यक्ष प्रचण्डले दुई कुरा गरेको थापाको भनाइ छ।

‘हाम्राबीचमा कुरा मिलेर, हामी सँगै हिड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन’, थापाले पत्रकारहरुसँग भने ।

विगतमा माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी ओलीसम्मले आफू प्रधानमन्त्री हुँदा एमसीसी अगाडि बढाएको भन्दै महामन्त्री थापाले अब एमसीसीबारे ‘वार कि पार’ हुनुपर्ने बताए ।

पछिल्लो समय गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी परिमार्जित नभई पास हुन नसक्ने बताएका छन्। भने कांग्रेस र जसपा एमसीसी पास गर्ने अडानमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077