Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • साउदीका सेना प्रमुखले भारतको भ्रमण गर्दा पाकिस्तानलाई तनाब !

    साउदीका सेना प्रमुखले भारतको भ्रमण गर्दा पाकिस्तानलाई तनाब !

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    एजेन्सी। साउदी अरबका सेना प्रमुख यसै साता भारत भ्रमणमा आएका छन् । साउदी सेना प्रमुखको पहिलो भारत भ्रमण भएकाले उनको तीन दिने भ्रमणलाई ऐतिहासिक मानिएको छ ।

    तीन वर्षअघि साउदी अरेबियाका ‘क्राउन प्रिन्स’ मोहम्मद बिन सलमान पहिलोपटक भारत भ्रमणमा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल बेवास्ता गर्दै आफैं विमानस्थल पुगेर उनलाई न्यानो अंगालो लगाएर स्वागत गरेका थिए ।



    मोहम्मद बिन सलमानको यो भ्रमण औपचारिकता मात्र नभएर रणनीतिक र कूटनीतिक सर्कलमा धेरै सन्देशहरू गएका छन् । मोहम्मद बिन सलमान साउदी अरबका रक्षामन्त्री पनि हुन् ।



    र, त्यसको केही महिनापछि अर्थात् अक्टोबर २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि साउदी अरेबियाको भ्रमण गरेका थिए ।

    यस भ्रमणका क्रममा भारत र साउदी अरबबीच ‘रणनीतिक सहयोग परिषद्’ पनि स्थापना भएको थियो ।

    यद्यपि साउदी अरब र भारतबीचको सम्बन्ध मुख्यतया तेलमा केन्द्रित छ। तर केही वर्षयता यी सम्बन्धहरू अब तेलबाहेक अन्य रणनीतिक सहकार्यमा झरेको रणनीतिक मामिलाका जानकारहरू बताउँछन्।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरब भ्रमणका क्रममा अंग्रेजी पत्रिका ‘अरब न्युज’सँग कुरा गर्दै ‘सुरक्षाका सम्बन्धमा साउदी अरेबिया र भारतको समान चासो रहेको’ स्पष्ट पारेका थिए । प्रतिरक्षा उपक्रमको स्थापनाको कुरा गर्दै उनले दुई देशबीचको रणनीतिक सहयोगमा पनि जोड दिए ।

    डिसेम्बर २०२० मा, भारतीय सेना प्रमुख जनरल एमएम नरवणे साउदी अरेबिया पुगेका थिए। कुनै पनि भारतीय सेना प्रमुखको यो साउदी अरबको पहिलो भ्रमण थियो।

    र यस हप्ता मंगलबार, साउदी अरबको सेनाका कमाण्डर, लेफ्टिनेन्ट जनरल फहद बिन अब्दुल्लाह मोहम्मद अल-मुतैरले पनि भारतको भ्रमण गरे। उनी भारत भ्रमण गर्ने साउदी अरबका पहिलो सेना प्रमुख पनि हुन्।

    बिबिसी हिन्दीका अनुसार कुनै समय  साउदी अरबसँग पाकिस्तान आफ्नो कम्मरमा बाँधेको जस्तो देखिएको थियो ।

    तर अहिले पाकिस्तानको परवाह नगरी साउदी अरबले भारतसँग रणनीतिक सम्बन्धलाई मजबुत बनाउन थालेको छ। यो भारतसँग नजिक हुँदै गइरहेको सन्देशका रुपमा लिइएको छ । यसको श्रेय मोहम्मद बिन सलमान र प्रधानमन्त्री नरेन्द्र मोदीलाई जान्छ।

    यसअघि भारतले साउदीसँग मात्रै व्यापारिक सम्बन्ध राखेको विज्ञहरूले वताएका थिए। भारतले त्यहाँबाट १८ प्रतिशत ‘कच्चा तेल’   आयात गर्दै आएको थियो। तर अहिले  तेल सम्बन्धभन्दा बाहिर गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार