एजेन्सी । रुसले युक्रेनको सीमाबाट आफ्ना सेना फर्काउन थालेको दाबी ‘मिथ्या’ भएको एक वरिष्ठ अमेरिकी अधिकारीले आरोप लगाएका छन्।
बीबीसीका अनुसार ती अधिकारीले हालैका दिनमा रुसले थप ७,००० सैनिक त्यहाँ तैनाथ गरेको र ‘कुनै पनि बेला मिथ्या अवस्था’ देखाएर आक्रमण गर्न सक्ने बताएका हुन्।
आक्रमणको योजना रहेको विषय अस्वीकार रुसले भने सीमामा सैन्य अभ्यास सकिएको र सैनिकहरू फिर्ता गर्न थालेको दाबी गरेको छ। तर पश्चिमा अधिकारीहरूले यसबारे कुनै प्रमाण नदेखेको बताएका छन्।
यता आक्रमणको तयारी स्वरुप रुसले बख्तरबन्द, हातहतियार र उपचार सुविधासहित करिब एक लाख ३० हजार सैनिक युक्रेनको सीमा नजिक तैनाथ गरेको बीबीसीले उल्लेख गरेको छ। जसमा बेलारुसमा सैन्य अभ्यास गरिरहेका ३०,००० सैनिक पनि समावेश छन् ।
आक्रमणका लागि आवश्यक मुख्य-मुख्य सहायता इकाईहरू पछिल्ला दिनहरूमा कम्ब्याट फौजसहित अघि बढिरहेको बताइएको छ।
Leave a Reply